सुत्केरी बेथा लागेर छट्पटीएकी ३२ वर्षीया महिलालाई नेपाली सेनाले गरे उद्धार,जन्मियो छोरी — OSNepal

सुत्केरी बेथा लागेर छट्पटीएकी ३२ वर्षीया महिलालाई नेपाली सेनाले गरे उद्धार,जन्मियो छोरी

LC (KTM) July 02, 2021 0

चौँरीगोठमा सुत्केरी बेथा लागेकी एक जनालाई नेपाली सेनाले द्धार गरेको छ । गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ ठूलोस्याफ्रु निवासी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गणले स्टे«चरमा बोकेर उद्धार गरी रसुवा अस्पताल धुञ्चे पु¥याएको हो ।

छट्पटीमा परेकी दिदीलाई अस्पताल लाने जनशक्ति नभएपछि उनका भाइ रेञ्जेनले चन्दनबारीस्थित नेपाली सेनाको पोष्टसँग सहयोग मागेका थिए । जङ्गलमा छट्पटीको सूचना पाउँदा करीब १० सैनिक परिचालन गरी तत्काल अस्पताल पु¥याइएको सेनाले जनाएको छ ।

सैनिकले अस्पताल पु¥याएको केही समय उपचारपछि बालिकाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्यावस्थामा सुधार भएको जिल्ला अस्पतालका सिनियर अनमी हिमालय भटृले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर