एजेन्सी- बलिउड सुन्दरी नायिका मलाइका अरोरा र उनका पूर्व पति अरबाज खानले डिर्भोस गरेको ५ वर्ष भन्दा बढी समय भयो ।यी दुईले जब जब छोराका लागि आफ्नो आवश्यकता पर्छ तब एकै ठाउँमा उभिँदै आएका छन् ।
छोरा अरहान खानलाई विमानस्थलमा विवदेशबाट फर्कदा एअरपोर्टमा भेट गरेका छन् । उनीहरु एकसाथ आएको दृश्य निकै लोभलाग्दो थियो । दुबैले छोरालाई अंकमाल गर्छन् ।
मुम्बई एयुरपोर्टमा यो जोडी एकसाथ मात्रै आएन एकै स्थानमा समेत उभिएर अरहानलाई भेटेपछि बहुदै खुशी देखिए । हाल मोडल जर्जियासँग प्रेम सम्बन्धमा रहेका अरबाज र आँफुभन्दा निकै सानो उमेरका अर्जुन कपुरसँग समन्धमा रहेकी मलाईकाले अहिलेसम्म आफ्नो सम्बन्धको असर भने छोरालाई पर्न दिएका छैनन् ।
अरहान विमानस्थलमा बाबु आमासँग निकै खुशी अवस्थामा देखिएका छन् । तीन जना गफ गर्दै हिडिरहेका छन् ।