स्पेनिस डिफेन्डर सर्जियो रामोसका फ्यानहरुका लागि खुशीको खबर, रामोस पिएसजीमा आबद्ध — OSNepal

स्पेनिस डिफेन्डर सर्जियो रामोसका फ्यानहरुका लागि खुशीको खबर, रामोस पिएसजीमा आबद्ध

LC (KTM) July 01, 2021 0

स्पेनिस डिफेन्डर सर्जियो रामोसका फ्यानहरुका लागि खुशीको खबर आएको छ । उनी अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी मा अनुबन्धित हुने भएका छन् ।

रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसका बारेम पीएसजीले भने औपचारीक रुपमा केही पनि बताएको छैन । आरएमसी स्पोर्ट्सले भने रामोस र पीएसजीबीच सहमति भएको दाबी गरेको छ ।

स्पेनिस सेन्टर ब्याक रामोसले जुनको अन्त्यसँगै रियल मड्रिड छोडेका थिए । उनी कुन क्लबमा आबद्ध हुन्छन् भन्ने सबैलाई चासोको बिषय बनेको थियो । पीएसजीले रामोससँग को औपचारिक सम्झौता केही दिनमै सार्वजनिक गर्ने जनाईएको छ ।

रामोस र पीएसजीबीच दुई वर्षको सम्झौता हुने बताईएको छ ।३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छाडेका थिए । उनी यसअघि सन् २००५ मा सेभियाबाट रियलमा आएका थिए । रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर