जापान – जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ । जुन सन् २०१५ जुन पछिको सबैभन्दा ठूलो गिरावट हो ।श्रम मन्त्रालयले मङ्गलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ । प्रारम्भिक तथ्याङ्कले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकाङ्क लगातार सातौँ महिना घटेको देखाएको छ ।
अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले बढेर दुई लाख ७५ हजार आठ सय ८८ येन वा लगभग दुई हजार अमेरिकी डलरमा पुगेको छ थियो ।बढ्दो मुद्रास्फीतिको सामना गर्न जापानी सरकारले अक्टोबरमा ३९ ट्रिलियन येन (दुई सय ८६ बिलियन–अमेरिकी डलर) को व्यापक आर्थिक प्याकेज अनुमोदन गरेको थियो ।