बिश्वकप फुटबलको पहिलो खेलमा आज जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । साबिकको उपबिजेता समेत रहेको क्रोएशिया र दक्षिण एशियाली पावर हाउसको रुपमा रहेको जापान बीचको खेल नेपाली समय अनुसार पौने ९ बजे अल जानुब स्टेडियममा हुदैछ । क्रोएसिया जापानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ ।
क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा पुग्ने दाउमा रहेको छ । यता, जापान पनि क्रोएसियालाई हराएर क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ । जापानको भने पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाउने योजना रहेको छ । जापानको यो तेस्रो पटक नकआउट चरणमा प्रवेश गरेको हो । तर उसले क्वाटरफाइनलमा पुग्न सकेको छैन ।
यी दुबै टोलीबीच हालसम्म तीन पटक प्रतिष्पर्धा भएको छ । जसमा जापान र क्रोएसियाले एक एक खेल जितेको छ । दुई टोलीबीचको एक खेल बराबरीमा सकिएको छ । यस खेलमा जापानका ताकेफुसा कुबो र क्रोएसियाका लुका मोड्रिच प्लेयर्स टु वाचमा रहने छन् ।