गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता : डा महामन्त्री कोइराला — OSNepal

गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता : डा महामन्त्री कोइराला

LC (KTM) July 01, 2021 0

काठमाडौँ, १७ असार – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता भएको बताउनुभएको छ । काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला ः प्रजातन्त्रको लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले गाउँगाउँमा पुगेर पार्टीको सङ्गठन विस्तार गर्ने नेता गिरिजा भएको बताउनुभएको हो ।

“ लोकतन्त्र सुदृढीकरण, आर्थिक समृद्धि , सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका स्व कोइराला क्रान्तिकारी र परिवर्तनशील नेता हुनुहुन्थ्यो । ” उहाँले भन्नुभयो । वामपन्थी नेता एवम् पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले काँग्रेस र कम्युनिष्टबीच रहेको अन्तरबिरोधलाई अन्त्य गर्न गिरिजाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाले बोलेको कुरालाई अक्षरश ःपालना गर्ने प्रतिवद्ध र इमान्दारी नेता भएको उहाँले स्मरण गर्नुभयो । “१२ बुँदे सहमति र गणतन्त्र स्थापना भारत सरकारका पहलमा भएको भन्ने कुरा हल्लामात्र हो,”उहाँले भन्नुभयो । नेता शेरचनले जनआन्दोलन, जनयुद्ध र गिरिजाको सफल नेतृत्वको कारण देशमा गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो । काँग्रेसका नेत्री सुजाता कोइरालाले नेपालको आर्थिक विकासको जग गिरिजाले नेतृत्व गर्नुभएको सरकारको पालादेखि शुरुआत भएको बताउनुभयो ।

“गिरिजाले ल्याएको आर्थिक उदारीकरणको नीतिले देशमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधारको विकास भएको हो,”उहाँले भन्नुभयो । उहाँले संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको उल्लेख गर्नुभयो । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले गिरिजाले नेपालको प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलन र मुलुकको आर्थिक तथा सामाजिक विकासमा पु¥याउनुभएको अथक योगदानलाई जीवन्त बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो“ काँग्रेसले गिरिजाको सपनालाई पुरा गर्नुपर्छ । ” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर