काठमाडौं । खेलको राजा फुटबलको महासंगाम भनिने फिफा विश्वकप २०२२ कतारमा जारी छ । हरेक पटकका विश्वकपमा कुनै न कुनै खेलाडीहरु चर्चामा आउँछन् र भाइरल बन्छन् ।
जसमध्ये जारी खेलमा दक्षिण कोरियाका खेलाडी चो गुए सङ रातारात भाइरल बनिरहेका छन् । दक्षिण कोरियाका स्टाइकर समेत रहेका चो गुए सङले गत सोमबार घाना विरुद्धको खेलमा दुई गोल गरेका थिए ।
तर, उनको चर्चा गोलले भन्दा पनि उनको लुक्सले गर्दा भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पप(स्टार जस्तो लुक भएका गुए(सङ अहिले ह्याण्डसम फुटबलरका रूपमा इन्टरनेटमा चर्चित बन्दै गइरहेका उनलाई अहिले धमाधम विबाहको प्रस्ताव आइरहेका छन् ।
दुई चार वा दश , बिस प्रस्ताव भए पो सामान्य रुपमा लिनु दिनकै हजारौं बिहेका प्रस्ताव आउन थालेपछि फोन नै अफ गर्नुपर्ने अवस्था आएको समाचारमा जनाइएको छ । विश्वकप सुरु हुनुअघि सङको इन्स्टाग्राममा २० हजार हाराहारीमा फलोअर रहेका थिए । यो समाचार तयार पार्दासम्म उनको अकाउन्टमा २१ लाख फलोअर भइसकेका छन् ।
उनलाई मेन्सन गर्दै ट्वीटरमा कैयौंले बिहेको प्रस्ताव राखेका छन् । अरु त अरु उनले लगाउने जर्सी नं। ९० को नाम अहिले सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल छ । उनको नामको ह्याश्ट्यागमा १९ करोड ३० लाख बढी भ्युज छ । दक्षिण कोरियाली पत्रकार यिम ह्युन(सुले ट्वीटरमा चो गुए(सङ बसेको भिडिओ अपलोड गरेका थिए ।
उक्त भिडिओमा चो हात बाँधेर बसिरहेको र हातले गाला मुसारिरहेको देखिन्छन् । यिमले पहिले नै सङले राम्रो सङ्ख्यामा फलोअर पाउने विश्लेषण गरेका थिए । उनको विश्लेषण सही सावित भएको छ । यिमले अपलोड गरेको क्लिप पनि करिब १ खकरोड पटक हेरिएको छ । उनको नाम इन्टरनेटका विभिन्न प्लेटफर्ममा ट्रेण्डिङमा आएको छ ।