जहाजको तल्लो भागको ‘रडर’ मा बसेर तीन जनाले ११ दिनभित्र ३ हजार २ सय किलोमिटरको खतरनाक यात्रा गरेका छन् । जुन जहाजमा तीन जना बसेका थिए, त्यो जहाजको रडर त्यसबाट केही इन्च मात्र टाढा समुन्द्री छालहरू थिए। यी तीनै टिकटविहीन यात्रुहरूले नाइजेरियाबाट क्यानरी आइल्याण्डसम्म यात्रा गर्ने निर्णय गरे।
तेल ट्याङ्कर जहाज अलिथिनीको ुरडरु मा बसेर तीन जनाले यात्रा गरेका थिए। रडर कुनै पनि जहाजलाई दिशा दिन मद्दत गर्दछ। यो भाग जहाजको तल्लो छेउमा छ र पानी छोएको छ। स्पेनिस कोस्ट गार्डले सोमबार तीनै घरबारविहीन व्यक्तिहरूको फोटो सार्वजनीक गरेको छ। जसमा तीनै जना ‘रडर’ को माथि बसेका देखिएका छन् ।
एकै समयमा, यी मानिसहरूका खुट्टाहरू समुद्रको छालहरूबाट केही इन्च टाढा देखिन्छन्। यो खतरनाक र लामो यात्राका कारण तीनै जना डिहाइड्रेसन र हाइपोथर्मियाबाट पीडित भएको अधिकारीहरूले बताएका छन् । यस सम्बन्धमा आप्रवासन सल्लाहकार सेमा सन्तनाले यो पहिलो र अन्तिम पटक नभएको बताउनु भयो, टिकटविना यात्रा गर्नेको भाग्य सधै साथ हुँदैन ।
जुन जहाजमा यी तीन जना आइरहेका थिए सो जहाज १७ नोभेम्बरमा नाइजेरियाको लागोस सहरबाट निस्किएको थियो । ११ दिनमा ३२०० किलोमिटर यात्रा पछि, यो स्पेनी सीमामा प्रवेश गर्यो। सन् २०२० मा एक १४ वर्षीय नाइजेरियाली केटा पनि लागोसबाट १५ दिनको यात्रापछि यस्तै प्रकारले स्पेन आएका थिए ।
१५ दिनको यात्रामा उनले समुन्द्रको पानी पिए र पतवारको माथिको प्वालमा सुते । सन् २०२० मा नै रुडरको पछाडि कोठामा लुकेर १० दिनको यात्रा गरेर ४ जना स्पेन पुगेका थिए । स्पेनको गृहमन्त्रालयले यो वर्ष सामुद्रिक मार्गबाट डुङ्गाको यात्रा गरी ११ हजार ६ सय मानिस देश प्रवेश गरेको जनाएको छ । यसमा हजारौं अफ्रिकी शरणार्थीहरू सामेल छन्।