निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौमा फेरी कोरोना महामारी बढ्यो, आज मात्रै थपिए यतिधेरै संक्रमित — OSNepal

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौमा फेरी कोरोना महामारी बढ्यो, आज मात्रै थपिए यतिधेरै संक्रमित

LC (KTM) July 01, 2021 0

काठमाडौ । काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएसँगै संक्रमणदर बढ्न थालेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै काठमाडौमा संक्रमितको संख्या बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा कुल ८ हजार ३ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल काठमाडौं जिल्लामा ५ हजार ११, ललितपुरमा १ हजार ९४८ र भक्तपुरमा १ हजार ३९५ सक्रिय संक्रमित छन्।

त्यस्तै नेपालमा बिहिबार कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या घटीरहेका बेला बिहिबार ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या घटेपनि मृत्युदर भने अझै उच्च नै रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । नेपालमा करिब १ लाख सक्रिय संक्रमितको संख्या पुगेकोमा अहिले घट्दै गएर ३१ हजार ३६८ जना झरेको छ । त्यस्तै आज आज ४०१७ ले कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर