पूर्वी चितवनमा पहिरोले घर बगाउँदा दुई जनाको मृ त्यु,तीन जना बेपत्ता — OSNepal

पूर्वी चितवनमा पहिरोले घर बगाउँदा दुई जनाको मृ त्यु,तीन जना बेपत्ता

LC (KTM) July 01, 2021 0

चितवन- पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृ त्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो । ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन ।

हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृ त्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उहाँलाई पहिरोले बगाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर