बिहिबार पनि ठूलो संख्यामा संक्रमितको निधन, संक्रमितको संख्या घटेपनि घटेन मृत्युदर, फेरी लकडाउन होला ? — OSNepal

बिहिबार पनि ठूलो संख्यामा संक्रमितको निधन, संक्रमितको संख्या घटेपनि घटेन मृत्युदर, फेरी लकडाउन होला ?

LC (KTM) July 01, 2021 0

काठमाडौं । नेपालमा बिहिबार कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या घटीरहेका बेला बिहिबार ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या घटेपनि मृत्युदर भने अझै उच्च नै रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । नेपालमा करिब १ लाख सक्रिय संक्रमितको संख्या पुगेकोमा अहिले घट्दै गएर ३१ हजार ३६८ जना झरेको छ । त्यस्तै आज आज ४०१७ ले कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर