माधव नेपाललाई प्रधानमन्त्री ओलीको पत्र — OSNepal

माधव नेपाललाई प्रधानमन्त्री ओलीको पत्र

LC (KTM) July 01, 2021 0

काठमाडौं १७ असार । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बस्ने केन्द्रिय कमिटिको बैठकमा माधव नेपाललाई निम्तो दिएका छन् ।

सर्वोच्चले फागुन २३ गते नेकपा एमाले र माओवादीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएपछि एमालेको यो पहिलो केन्द्रिय कमिटिको बैठक बस्ने लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको छ ।

पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार एस्एमएस र मेलबाट पत्र पठाइ सकेको छ । हिजो बसेको दशौँ महाधिवेशनको बैठक भंग गरेर केन्द्रिय कमिटिमा रुपान्तर गरेपछि नेपालसहित ११ जनालाई गरिएको कारवाही पनि फिर्ता भएको छ ।

यता, बैठकमा सहभागी हुने या नहुने विषयमा भने नेपाल समुहको बैठक बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर