तेश्रो नेत्रहीन टी– २० क्रिकेटको विश्व कपमा नेपालले भाग लिने भएको छ । प्रतियोगितामा भाग लिन खिमानन्द गैरेको कप्तानीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी सहितको टोली मैदानमा उत्रदैछ ।
प्रतियोगिता डिसेम्बर ५ देखि १८ तारिखसम्म हुदैछ । प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्दै छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरिन् । खेलहरु भारतको दिल्ली र बैगालुरुमा खेलाइने छ ।