नकाउट चरणका बेला ब्राजिलका भरपर्दा खेलाडीहरु एक पछि अर्काे चोटग्रस्त बनेका छन् । केहि समय अघि ब्राजिलका फरवार्ड नेयमार घुँडाको चोटका कारण रेस्टमा छन् । अब फेरी ब्राजिलका फरवार्ड ग्रनियल जिसस र डिफेन्डर एलेक्स टेलसले बाँकि बिश्वकपमा सबै खेल गुमाउने भएका छन् ।
चोटका कारण जिससले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । घुँडाको चोटको कारण जिससले विश्वकप गुमाउने भएका हुन् । उनी जनवरीमा मात्र मैदान फर्कने बताईएको छ । जिससले शुक्रबार राति क्यामरुनविरुद्धको खेलमा चोट बोकेका थिए ।
उक्त खेलमा ब्राजिल १-० ले पराजित भएको थियो। यस्तै डिफेन्डर एलेक्स टेलसले पनि विश्वकपको बाँकी खेल गुमाउने भएका छन् । उनले क्यामरुनविरुद्ध चोट बोकेका थिए ।