भोट कम आएपछि भुपेन्द्र रणपाल द भ्वाइस अफ नेपाल बाट बाहिरिए , अन्तिम ११ मा को को परे त ? — OSNepal

भोट कम आएपछि भुपेन्द्र रणपाल द भ्वाइस अफ नेपाल बाट बाहिरिए , अन्तिम ११ मा को को परे त ?

LC (KTM) December 03, 2022 0

हिमालय टेलिभिजन बाट प्रशारण हुदै आईरहेको गायन रियालिटी शो द भ्वाइस अफ नेपालका लागि अन्तिम ११ प्रतिष्पर्धीको नाम घोषणा भएको छ । शुक्रबार र शनिबार प्रशारण हुदै आईरहेको यस ‘लाइभ शो’मा दर्शकको मतको आधारमा ११ जना अघि बढेका हुन् ।

४ जना निर्णायकहरुका टीम बाट यी अन्तिम ११ प्रतिष्पर्धी अघिल्लो चरणमा बढेका हुन् । तर टीम प्रमोद, टीम राजु र टीम प्रमिसा बाट तीन तीन जना छनौट हुँदा टीम राजेश बाट दुई जनामात्र अघि बढेका छन् । टीम राजेशका भूपेन्द्र रणपाल भोट कम ल्याएका कारण अन्तिम ११ मा स्थान बनाउन बाट बञ्चित भएका छन् ।

शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । उनी बाहिरीएको घोषणा गरे लगत्तै रोएका थिए । उनी बाहिरीदा सबै कोचहरु समेत भावुक भएका थिए । उनका कोच राजेशपायल राई झनै भक्कानिएका थिए ।

जम्मा ११ जनामध्ये टीम राजुबाट करण राई, रिहान गिरी र रिवश गुरुङ, टीम प्रमोदबाट आशिष महर, आशिष रायमाझी र योगेश मगर , टीम प्रविशाबाट वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बु र टीम राजेशबाट सविना योङहाङ र पदम राई छनौट भएका छन् । भोट नआएकै कारण भुपेन्द्र जस्तो प्रतिभा बाहिरीनु दुखःद रहेको दर्शकहरुको प्रतिक्रिया आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर