प्रधानन्यायाधीश जबराको प्रश्न : प्रधानमन्त्री ओलीले संसद बचाउन किन अरुलाई प्रधानमन्त्री बन्न दिनुभएन ? — OSNepal

प्रधानन्यायाधीश जबराको प्रश्न : प्रधानमन्त्री ओलीले संसद बचाउन किन अरुलाई प्रधानमन्त्री बन्न दिनुभएन ?

LC (KTM) July 01, 2021 0

काठमाडौं १७ असार । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटनको मुद्धामा सरकारको तर्फबाट बहस गरेका अधिवक्ता परशुराम कोइरालालाई संसदमा विश्वासको मत नपाए पछि प्रधानमन्त्री केपी ओलीले संसद बचाउन किन अरुलाई किन प्रधानमन्त्री बन्न नदिएको भन्दै प्रश्न गरेका छन् ।

।जबराको यस्तो प्रश्न पछि कोइरालाले जो पार्टी इलेक्टेड हो उसले त्याग गर्नुपर्छ भन्ने जवाफ आफुसँग नभएको बताएका थिए । जबराले फेरि प्रधानमन्त्री ओलीले गरेकोसंसद विघटन अदालतले बदर गरिदिएपछि अर्को सकार बनाउनुपर्थ्यो हैन ? सरकार बनाउन अरुलाई समर्थन दिन सकिनथ्यो । त्यसमा, दलको नेताको हैसियतले आफ्नो पक्षमा मात्रै गर्नुपर्ने अवस्था थियो ?, उहाँको संवैधानिक दायित्व थिएन ?’ भन्दै अर्को प्रश्न गरेका छन् ।

जवाफमा कोइरालाले आफ्नै पार्टीका सदस्यले वर्तमान प्रधानमन्त्रीलाई समर्थन नगरेको अवस्था भएको हुनाले दल सम्बन्धी ऐन अनुसार त्यसो गर्न नमिल्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर