धादिङमा माछाले लियो २२ वर्षीय लक्ष्मणको ज्यान, शोकमा परिवार — OSNepal

धादिङमा माछाले लियो २२ वर्षीय लक्ष्मणको ज्यान, शोकमा परिवार

LC (KTM) July 01, 2021 0

धादिङ, १७ असार – त्रिशूली नदीमा माछा मार्न गएका एक युवा बिहिबार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरिक्षक खड्काले बताउनु भयो । त्रिशुलीमा एक महिनामा तीन जना बेपत्ता भइसकको छन् ।

राजमार्गमा पहिरो(वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् ।धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भएको छ । राजमार्गको सडक माथिबाट ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षा जारी रहेकाले पहिरो हटाउनसमेत समस्या भएको छ । गल्छी गाउँपालिकाको बेरैनीमा सडक माथिबाट लेदो बगेर बाटो बन्द भएको छ । राजमार्गमा पहिरो हटाउन ठाउँठाउँमा डोजर राखिएको र पहिरो आउने बित्तिकै हटाउने गरिएको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ ।अबिरल वर्षाका कारण मलेखु, ताल्ती, बेल्खु खोलामा ठूलो बाढी आएकाले खोला छेउमा बसीरहेका केहीले घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर