काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ का दुईरदुई खेलहरु हुनेछन् । समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जियम भिड्नेछन् ।
यो समूहमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानाडाले अंक जोड्न सकेको छैन ।
यस्तै, बिहीबार राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अंक जोडेको छ ।जापान र कोस्टारिकाको ३–३ अंक छ भने जर्मनीको १ अंक मात्रै छ ।