साउथ सुपस्टार अल्लु अर्जुन र रश्मिका मन्दना रुसको राजधानी मस्कोमा भेटिए , आखिर यस्तो रहेछ राज — OSNepal

साउथ सुपस्टार अल्लु अर्जुन र रश्मिका मन्दना रुसको राजधानी मस्कोमा भेटिए , आखिर यस्तो रहेछ राज

LC (KTM) November 30, 2022 0

साउथका सुपरस्टार अल्लु अर्जुन पुष्पा फिल्मबाट निक्कै चर्चामा आएका छन् । उनको अभिनयले सबैको मन जित्न सफल भएको छ । अब यहि सुपरहिट फिल्म पुष्पाको दोस्रो सिक्वेल पुष्पा : द राइजको रुसमा प्रिमियर हुने भएको छ । यस ब्लकबस्टर फिल्मको प्रिमियरका लागि सुपरस्टार अल्लु संगै रश्मिका मन्दाना रुसको राजधानी मस्कोमा पुगेका छन् ।

डिसेम्बर १ मा मस्को र ३ तारिखमा अर्को रुसी सहर सेन्ट पिटर्सबर्गमा फिल्मको प्रिमियर हुँदैछ । रुस तथा युक्रेन युद्धका कारण फिल्म प्रर्दशनमा रोक लागिरहेको बेला यस फिल्मको प्रिमियर हुन लागेको हो । हलिउडसहित पश्चिमा मुलुकका फिल्म उद्योग र फेस्टिभलले प्रतिबन्ध लगाएको बेला भारतले भने रुससँग हार्दिक सम्बन्ध कायमै राखेको यस कुरा बाट प्रष्टै रहेको छ ।

जसअनुसार मस्कोमा भारतीय फिल्म रिलिज भइरहेका छन् ।‘पुष्पा’ आगामी डिसेम्बर ८ मा रुसी भाषामै प्रदर्शन हुने बताइएको छ । रुसको राजधानी मस्कोमा अवतरण भएपछि सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र रश्मिका एकदमै खुसी देखिएका छन् । त्यहाँको विमानस्थलमा देखिएका अल्लुले सेतो सर्ट र कालो पाइन्ट लगाएका छन् ।

डिसेम्बर १ मा मस्को र ३ तारिखमा अर्को रुसी सहर सेन्ट पिटर्सबर्गमा फिल्मको प्रिमियर हुँदैछ । सुकुमार निर्देशित फिल्ममा अल्लुले रक्तचन्दन तस्करी गर्ने लोरी चालकको भूमिका निर्वाह गरेका छन् । नेपाली बक्स अफिसमा समेत फिल्मले राम्रो कमाइ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर