माधव पक्षको बैठकमा दिल्लीमा उपचाररत झलनाथ खनालपनि सहभागी ! — OSNepal

माधव पक्षको बैठकमा दिल्लीमा उपचाररत झलनाथ खनालपनि सहभागी !

LC (KTM) July 01, 2021 0

काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा झलनाथ खनालपनि सहभागी भएका छन् । दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल भिडियोमार्फत सहभागी भएका हुन् । काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा जारी बैठकमा खनालबाहेकका नेताहरु भने भौतिक रुपमै बैठकमा सहभागी छन् ।

अध्यक्ष केपी ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमाले बैठक शुक्रबारलाई बोलाएपनि माधव पक्षले ओलीले पुनः जालझेल गरेको दावी गर्दै जाने या नजाने भन्ने निर्णय गर्न बैठक बोलाएको बतायएको छ ।यद्यपी बैठकमा सहभागी एक नेताका अनुसार ओली बोलाएको बैठकमा माधब पक्ष सहभागी नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर