एजेन्सी – फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । समूह ‘सी’ र समूह ‘डी’ का हुने दुई दुइए खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन् ।
यो खेलबाट समूह ‘डी’ मा अन्तिम १६ मा पुग्ने एउटा देशको टुङ्गो लाग्नेछ । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।त्यस्तै राती नै हुने दोस्रो दुई वटा खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुनेछ ।
यी खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरु हुनेछन् ।समूह चरणको पहिलो खेलमा साउदी अरबसँग पराजित अर्जेन्टिनाले मेक्सिकोलाई हराएको थियो ।
आजको खेल अर्जेन्टिलाई जित्नुपर्ने दबाब छ भने पोल्यान्डले बराबरी खेले पनि पुग्नेछ ।फिफा विश्वकप फुटबलमा गएराती भएका खेलबाट समूह ‘ए’ र ‘बी’ बाट इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा पुगेका छन् ।