सरकारका पक्षबाट बहस गरेका खरेललाई जवराको यी तिन प्रश्न — OSNepal

सरकारका पक्षबाट बहस गरेका खरेललाई जवराको यी तिन प्रश्न

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । संसद विघटन विरुद्ध परेको रिटमाथि आज पनि विपक्षीका तर्फबाट बहस सुरु भएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले सुरु गरेको बहसमा संविधानको धारा ७६(५)लाई अन्य धारासँग जोडेर बहस जारी गरेपछि प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराले संविधानका सबै धारा उपधारा स्वतन्त्र छन् ।उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ ?” भन्दै प्रश्न गरेका छन् ।

जवराले खरेललाई उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् भन्दै अर्को प्रश्न गरेका थिए ।

जवराले इजलासमा एक पछि अर्को गर्दे खरेललाई तिन प्रश्न गरेका थिए । देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ?, भन्दै खरेललाई प्रश्न गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर