फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ए’ मा नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेता बन्दै अन्तिम १६ मा प्रबेश गरेका छन् । आज राति सम्पन्न समूह चरणको अन्तिम खेलमा समूह विजेता तथा सेनेगल उपविजेता बन्दै दुबै टिम अन्तिम १६ मा प्रबेश गरेका हुन् ।
मंगलबार नेदरल्यान्ड्सले आयोजक कतारलाई २-० गोल र सेनेगलले इक्वेइडरलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरे । नेदरल्यान्ड्सका लागि कोडी गाप्कोले २६ औ र डे जोङले ४९ मिनेटमा गोल गर्दै महत्वपुर्ण जित दिलाए ।
त्यस्तै सेनेगलका लागि खेलको ४४ औ मिनेटमा सारले पेनाल्टी मार्फत अग्रता दिलाएका थिए । ६७ मिनेटमा इक्वेइडरका काइसेडले बराबरी गोल फर्काए। तर त्यसको तीन मिनेटपछि सेनेगलका लागि काउलबालीले गोल गर्दै सेनेगललाई जित दिलाए ।
जितसँगै नेदरल्यान्ड्सले समूहमा ७ अंक जोड्दा सेनेगलले ६ अंक जोड्यो। इक्वेइडर ४ अंक जोडे पनि बाहिरियो भने आयोजक कतार तीन वटै खेल हार्दै आफ्नै घरेलु मैदानमा स्तब्ध बन्यो ।