चितवनमा एक साताका लागि निषेधाज्ञा थपियो — OSNepal

चितवनमा एक साताका लागि निषेधाज्ञा थपियो

LC (KTM) July 01, 2021 0

चितवन, १७ असार – कोभिड सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्लामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ः०० बजे सकिँदै थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गर्दै निषेधाज्ञाको अवधि एक साताका लागि थप गरी यही असार २४ गतेसम्म पु¥याउनुभएको हो ।

हाल जारी रहेकै नमूनामा नै निषेधाज्ञा हुने आदेशमा जनाइएको छ । यसअघि यही असार १० देखि १७ गते राति १२ः०० बजेसम्मका लागि घोषणा गरिएको नमूनामा निषेधाज्ञा जारी राखिने आदेशमा उल्लेख छ । आदेशमा शुक्रबारदेखि सबै सरकारी कार्यालयमा सेवाप्रवाह हुने भनिएको छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको लामिछानेद्वारा जारी आदेशमा जनाइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर