जापानमा बसेर उग्र स्टाटस लेखेर चर्चा कमाएकी ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला — OSNepal

जापानमा बसेर उग्र स्टाटस लेखेर चर्चा कमाएकी ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला

LC (KTM) July 01, 2021 0

काठमाडौं । आँफुलाई अभियन्ता भनेर चिनाउँदै आएकी ज्वाला संग्रौलाले सरकारी कागजपत्र कीर्ते गर्ने गरेको रहस्य प्रहरीले पत्ता लगाएको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला र उनका पतिले सरकारी लिखत कीर्ते गरेको प्रमाण प्रहरीले फेला पारेको छ । संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएपछि यि दुवैलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको स्रोतले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार हाल संग्रौलासँग पाँचथरको एक गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र रहेको छ । जुन ४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख छ । गाविस खारेज भएर गाउँपालिका भइसकेको अवस्थामा शंका लागेर गाउँपालिकालाई पत्र पठाउँदा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरीले जनाउको छ ।

जापानमा बसेर सामाजिक सञ्जालमार्फत मनलाग्दी स्टाटस लेखेर चर्चा कमाएकी उनले नेपाल आएर आफूलाई अभियन्ताका नाममा चिनाउँदै गर्दा एमाले नेतृ खुश्बु ९नविता० घिमिरेमाथि हातपात गरेपछि उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएसँगै एकपछि अर्का रहस्यहरु खुल्दै गएका छन् ।

त्यस्तै संग्रौलाका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरिएको भेटिएको जनाइएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट उपाध्यायको नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ । कु ट पिटको अ भियोगमा प क्रा उ परेकी उनललाई महाराजगञ्जमा कार्यरत एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि उनी पुनः पुरानो घटनासँगै नयाँ घटनामा मुछिन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी दोषी प्रमाणीत भएमा अभद्र व्यवहारको कसूरमा कानुनमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । त्यस्तै जातीय तथा अन्य छुवाछूत र भेदभाव ९कसूर र सजाय० ऐन, २०६८ अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर