राष्ट्रियसभाको अधिवेशन आज अपराह्र चार बजे संसद् भवनमा — OSNepal

राष्ट्रियसभाको अधिवेशन आज अपराह्र चार बजे संसद् भवनमा

LC (KTM) July 01, 2021 0

काठमाडौं असार १७ । राष्ट्रियसभाको अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ। नयाँ बानेश्वरको संसद् भवनमा आज अपराह्न ४ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आवान गरेकी हुन् ।

संसद अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको पनि संघीय संसद् सचिवालय जनाएको छ । संसद नहुँदा, अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिबाट पठाएको अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ । यस बिचमा सरकारले जारी गरेको अध्यादेश पेश गरिने छ ।

राष्ट्रियसभामा प्रतिनिधित्व गरेका संसदीय दलका नेतालाई आ आफ्नो धारण राख्न दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर