कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलको अपराजित यात्रा कायमै रहेको छ । दुबै खेलमा स्पष्ट जित निकाल्दै ब्राजी राउण्ड अफ १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।
ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे ।त्यसअघि ६४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए ।तर, भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।
यस जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ । समूह जी को ब्राजिल शीर्ष स्थानमा रहेको छ ।स्विट्जरल्यान्ड २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।