महिला कुट्ने अभिनेतालाई सम्मान गरिएको भन्दै पाकिस्तानी सेलिब्रेटीहरुले गरे बिरोध — OSNepal

महिला कुट्ने अभिनेतालाई सम्मान गरिएको भन्दै पाकिस्तानी सेलिब्रेटीहरुले गरे बिरोध

LC (KTM) November 28, 2022 0

महिलामाथि हात उठाउने कलाकारलाई सम्मान गर्नु उचित हो ? पाकिस्तानका धेरै सेलिब्रेटीहरूले यो प्रश्न सोधिरहेका छन्। वास्तवमा, लक्स स्टाइल अवार्डमा पाकिस्तानी अभिनेता फिरोज खानलाई दिइएको अवार्डलाई लिएर धेरै पाकिस्तानी सेलिब्रेटीहरू आक्रोशित छन् र आफ्नो अवार्ड फिर्ता गर्ने कुरा गरिरहेका छन्।

हालै पाकिस्तानको लाहोरमा लक्स स्टाइल अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । अवार्ड समारोहमा अभिनेता फिरोज खानलाई उनको शो खुदा र मोहब्बत ३ बाट उत्कृष्ट अभिनेताको अवार्ड दिइएको थियो । उत्कृष्ट अभिनेताको अवार्ड पाएकोमा फिरोज खुसी छन् । तर लक्स स्टाइल अवार्डमा फिरोज खानको मनोनयन र अवार्डप्रति धेरै पाकिस्तानीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

फिरोज खानले अवार्ड पाएपछि चर्चित फेसन डिजाइनर महिन खान यति रिसाएकि छिन् कि उनले आफ्नो लक्स स्टाइल अवार्ड फिर्ता गर्ने घोषणा गरेकी छिन् । श्रीमतीलाई कुटपिट गर्ने, यातना दिने अभिनेतालाई उत्कृष्ट अभिनेताको अवार्ड दिएर सम्मान गर्न मन लागेन । पोस्ट सेयर गर्दै उनले यसको विरुद्धमा लामो नोट लेखेकि छिन् ।

डिजाइनरले महिला र केटीहरूमाथि हुने शारीरिक शोषण मानवअधिकारको उल्लङ्घन भएको लेखेकी छिन् । आज कसैको छोरी छ, भोलि तिम्रो पनि हुन सक्छ । महिनले आफ्नो पोस्ट सेयर गर्दै आफुले अवार्ड फिर्ता गरिरहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर