क्रिकेट ईतिहासमै पहिलो पटक नयाँ किर्तिमानी बनेको छ । भारतीय युवा ओपनर ऋतुराज गायकवाडले एकै ओभरमा ७ छक्का प्रहार गरेर नयाँ किर्तिमानी बनाएका हुन् ।
उनले यो रेकर्ड विजय हजारे ट्रफीमा बनाएका हुन् । महाराष्ट्र टोलीको कप्तान समेत रहेका गायकवाडले एकै ओभरमा ७ छक्का हान्दै कुल ४३ रन जोडेका छन् ।
लिस्ट ए मान्यता प्राप्त खेलमा उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का हानेका हुन् । उनले ४९ औं ओभरमा शिव सिंहलाई लगातार चौथो बलसम्म चार छक्का हानेका थिए । पाँचौं बलमा पनि उनले छक्का प्रहार गरे तर, पाँचौ बल नो बल भए पछि उनले थप मौका प्राप्त गरे ।
उक्त बलमा समेत उनले छक्का हानेर नयाँ रेकर्ड बनाए । क्रिकेट इतिहासमा मान्यता प्राप्त खेलमा एकै ओभरमा ७ छक्का पहिलो पटक प्रहार भएको हो ।