घाँस काट्दा काट्दै करेन्ट लागेर भक्तबहादुरको घट्नास्थलमा नै ज्यान गयो — OSNepal

घाँस काट्दा काट्दै करेन्ट लागेर भक्तबहादुरको घट्नास्थलमा नै ज्यान गयो

LC (KTM) July 01, 2021 0

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका—५ स्थित बुर्वाकान्लामा बुधबार दिउँसो ३ बजे घाँस काट्ने क्रममा बिजुलीको करेन्ट लागेर ७५ वर्षिय वृद्धको मृ त्यु भएको छ । बिजुलीको करेट लागेर मृ त्यु हुने बुर्जाकान्लाका ७५ वर्षिय भक्तबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलयका प्रनाउ गौतमले बताउनुभयो ।

घरनजिकै घाँस काट्न लाग्दा घरको इनारको मोटरसँग जोडेको बिजुलीको तारमा ठोकिन गई बस्नेतलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार बस्नेतको घट्नास्थलमा नै मृ त्यु भएको र शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर