चिनिया पप गायकले १७ बर्षिया किशोरीलाई घरमै बोलाएर गरे यस्तो कुकर्म , देश निकाला गर्न अदालतको आदेश — OSNepal

चिनिया पप गायकले १७ बर्षिया किशोरीलाई घरमै बोलाएर गरे यस्तो कुकर्म , देश निकाला गर्न अदालतको आदेश

LC (KTM) November 25, 2022 0

चिनियाँ मूलका क्यानेडियन पप गायक क्रिस वुलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । वुलाई यौन अपराधमा दोषी पाएपछि अदालतले उनलाई यो सजाय सुनाएको हो । बेइजिङको एक अदालतले ३२ वर्षीय क्रिस वुलाई तीन महिलालाई बलात्कार गरेको र सामूहिक यौन क्रियाकलापका लागि भीड जम्मा गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

गत वर्ष क्रिस वुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला एक विद्यार्थीले उनलाई डेटले बलात्कार गरेको आरोप लगाएकी थिइन् । यसपछि अरु २४ युवतीहरु अगाडि आएर वुविरुद्ध उजुरी दिएका थिए । अदालतले वुलाई देश निकाला गरिने जनाएको छ। तर, चीनमा रहेका व्यक्तिलाई सजाय पूरा भएपछि देश निकाला गर्ने प्रक्रिया सुरु हुन्छ ।

बेइजिङको चाओयाङ जिल्लाको अदालतले शुक्रबार क्रिस वुलाई तीन महिलालाई बलात्कार गरेको अभियोगमा ११ वर्ष ६ महिना जेल सजाय सुनाएको छ । गायकमाथि सन् २०२० मा मदिरा सेवन गरेर आफ्नो रक्षा गर्न नसकेर तीनै महिलालाई आफ्नो घरमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ । अदालतले यस बाहेक गायकलाई सामूहिक यौन क्रियाकलापका लागि मानिस जम्मा गरेको अभियोगमा एक वर्ष १० महिनाको जेल सजाय तोकेको छ ।

क्रिस वुलाई पहिलो पटक डु मेइझु नामका विद्यार्थीले आरोप लगाएका थिईन् । युवतीले सामाजिक सञ्जालमा पोष्टमार्फत आफूले दुई वर्षअघि वुसँग भेट भएको बताएकी थिइन् । त्यसपछि केटीको उमेर १७ वर्ष थियो। युवतीका अनुसार गायकको घरमा भएको पार्टीमा उनलाई बोलाइएको थियो । त्यहाँ उनलाई रक्सी पिउन बाध्य पारियो र भोलिपल्ट बिहान उठ्दा उनी सिंगरको ओछ्यानमा थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर