काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा, वर्षा शनिबारसम्मै कायम रहने — OSNepal

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा, वर्षा शनिबारसम्मै कायम रहने

LC (KTM) July 01, 2021 0

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो ।

केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाले जनाएको छ ।धेरै वर्षा हुने क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार भारी वर्षा सहित चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्क रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर