देउवाले भने 'न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ? — OSNepal

देउवाले भने ‘न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?

LC (KTM) June 30, 2021 0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको धम्कीबाट न्यायाधीश नडराउने बताएका छन् । विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

देउवाले भने, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’ । उनले न्यायालयका आगाडि कसैको केही नलाग्ने बताएका छन् ।निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने भन्दै भने ‘मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर