नेपाल समुहको माग पुरा गरेको सत्तापक्षको निणर्यप्रति आपत्ती जनाउँदै, नेपाल समुहले बोलायो स्थायी कमिटिको बैठक — OSNepal

नेपाल समुहको माग पुरा गरेको सत्तापक्षको निणर्यप्रति आपत्ती जनाउँदै, नेपाल समुहले बोलायो स्थायी कमिटिको बैठक

LC (KTM) June 30, 2021 0

काठमाडौं १६ असार । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले स्थायी कमिटिको बैठक बोलाएका छन् । एमालेको सत्ता पक्षले नवौँ महाधिवेशन निर्वाचित कमिटी ब्युँताएपछि पहिलो केन्द्रि कमिटिको बैठक असार १८ गते आह्रान गरिएको छ ।

साथै एमालको पुरानै स्थायी कमिटिमा पुर्व माओवादी सहित नेपालस समुहका गरी थप ८ जना सदस्य थपिएको छ । सत्ता पक्षको यो निणर्य समिक्षा गर्न भन्दै नेपाल समुहले स्थायी कमिटिको बैठक बोलाएको हो । भोली बिहिबार आफूपक्षीय पदाधिकारीसहित स्थायी कमिटी सदस्यहरुलाई बैठकमा आउन आग्रह गरिएको बुझिएको छ ।

भोली बस्ने बैठकमा सहभागी हुने या नहुने विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी ओली पक्षले विधान मिचेर निणर्य गरेको भन्दै नेपाल समुहले आपत्ती जनाइसकेको यो अवस्थामा पार्टी एकता हुने हो या नेपाल समुहले नयाँ दल खोल्ने हो यो पखाईको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर