अर्जेन्टिनालाई २ - १ को नतिजामा हराएको साउदी अरेबिया तीन अंकका साथ शीर्ष स्थानमा — OSNepal

अर्जेन्टिनालाई २ – १ को नतिजामा हराएको साउदी अरेबिया तीन अंकका साथ शीर्ष स्थानमा

LC (KTM) November 23, 2022 0

काठमाडौं, ७ मंसिर : पोल्यान्डले मंगलबार राति मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै कतार फिफा विश्वकप सुरु गरेको छ । कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोवस्कीले पेनाल्टी खेर फालेपछि पोल्यान्ड अंक बाढ्न बाध्य भएको हो । लेवान्डोवस्कीले प्रहार गरेको पेनाल्टी मेक्सिकोका गोलकिपर गुलेर्मो ओचोआले बचाएका थिए ।

५८औं मिनेटमा हेक्टर मोरेनोले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीमा लेवान्डोवस्की सफल हुन सकेनन् । लेवान्डोवस्कीले राष्ट्रिय टोलीका लागि एक सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् । तर, विश्वकपमा भने उनले पोल्यान्डका लागि अहिलेसम्म गोलको खाता खोल्न सकेका छैनन् ।

समूह ‘सी’ मा बराबरीपछि अंक बाढेका पोल्यान्ड र मेक्सिको तालिकामा दोस्रो र तेस्रो स्थानमा छन् । मंगलबारै सम्पन्न खेलमा दुई पटकको पूर्व विजेता अर्जेन्टिनालाई २ १ को नतिजामा हराएको साउदी अरेबिया तीन अंकका साथ शीर्ष स्थानमा छ ।

त्यस्तै एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता फ्रान्सले कतार विश्वकपमा अस्ट्रेलियामाथि ४(१ को पुनरागमन जित निकालेको छ ।

मंगलबार राति दोहास्थित अल जानुब स्टेडियममा फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरेका थिए । यसैगरी एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरेका हुन् । अष्ट्रेलियाका क्रेग गुडविनले नवौंं मिनेटमा अग्रता दिलाएका थिए

खेलको २७औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १(१ गोलको बराबरीमा ल्याएका हुन् । ३२औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २ (१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३(१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले सहज जित पायो ।

जितसँगै समूह डी मा फ्रान्सले पहिलो खेलमा तीनअंक जोडेको छ । हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर