फिफा विश्वकपः डेनमार्क र ट्युनिसियाले अंक बाँडे — OSNepal

फिफा विश्वकपः डेनमार्क र ट्युनिसियाले अंक बाँडे

LC (KTM) November 23, 2022 0

काठमाडौं, ७ मंसिर:डेनमार्क कतार विश्वकप २०२२ को पहिलो खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियासँग समुह डी मा गोलरहित बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा दुबै टोलीले केहि अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । डेनमार्क भने दुई पटक गोल गरेर पनि अभागी बन्यो । भारले दुबै गोललाई मान्यता दिएन ।जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो । मंगलबार सम्पन्न समूह सी को खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको थियो ।

त्यस्तै एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता फ्रान्सले कतार विश्वकपमा अस्ट्रेलियामाथि ४(१ को पुनरागमन जित निकालेको छ । मंगलबार राति दोहास्थित अल जानुब स्टेडियममा फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरेका थिए । यसैगरी एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरेका हुन् । अष्ट्रेलियाका क्रेग गुडविनले नवौंं मिनेटमा अग्रता दिलाएका थिए

खेलको २७औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १(१ गोलको बराबरीमा ल्याएका हुन् । ३२औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २ (१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३(१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले सहज जित पायो । जितसँगै समूह डी मा फ्रान्सले पहिलो खेलमा तीनअंक जोडेको छ । हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर