मेक्सिको सिटी, ७ मंसिर:मेक्सिकोको बाजा क्यालिफोर्नियाको तटीय क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ ।बाजा क्यालिफोर्नियाको लास ब्रिसासबाट ३० किलोमिटर (१८.६ माइल) पश्चिम–दक्षिणपश्चिममा १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।
यो पनि : पोल्यान्ड र मेम्सिकोले अंक बाढे:पोल्यान्डले मंगलबार राति मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै कतार फिफा विश्वकप सुरु गरेको छ । कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोवस्कीले पेनाल्टी खेर फालेपछि पोल्यान्ड अंक बाढ्न बाध्य भएको हो । लेवान्डोवस्कीले प्रहार गरेको पेनाल्टी मेक्सिकोका गोलकिपर गुलेर्मो ओचोआले बचाएका थिए ।
५८औं मिनेटमा हेक्टर मोरेनोले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीमा लेवान्डोवस्की सफल हुन सकेनन् । लेवान्डोवस्कीले राष्ट्रिय टोलीका लागि एक सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् । तर, विश्वकपमा भने उनले पोल्यान्डका लागि अहिलेसम्म गोलको खाता खोल्न सकेका छैनन् ।
समूह ‘सी’ मा बराबरीपछि अंक बाढेका पोल्यान्ड र मेक्सिको तालिकामा दोस्रो र तेस्रो स्थानमा छन् । मंगलबारै सम्पन्न खेलमा दुई पटकको पूर्व विजेता अर्जेन्टिनालाई २ १ को नतिजामा हराएको साउदी अरेबिया तीन अंकका साथ शीर्ष स्थानमा छ ।