राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं - २ बाट शानदार मतसहित निर्वाचित — OSNepal

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं – २ बाट शानदार मतसहित निर्वाचित

LC (KTM) November 23, 2022 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका धेरै स्थानमा लिड गरिरहेको भएता पनि काठमाडौं क्षेत्र नम्बर २ बाट ासेदी दलकी
सोविता गौतम निर्वाचित भएकी छन् ।

आज केही बेर अघि सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत पाइन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले ९ हजार ४४९ मत पाएकी छन् ।

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले भर्खरै सार्वजनिक भएको नतिजामा चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिए ।

निर्वाचन कार्यालयका अनुसार हाम्रो नेपाली पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४, राप्रपाका उम्मेदवार हसिना शाक्यले ३ हजार ७८५, नेमकिपाका महेन्द्र ब्रह्माचार्यले १ हजार १६८ मत प्राप्त गरेका छन् । जसपाका सवितकुमार महर्जनले १३६, नेश्नलिष्ट पिपुल्स पार्टीका मनिषकृष्ण जोशीले ९७, राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले १५८, स्वतन्त्र उम्मेदवार मधुर महर्जनले २५, विनोद शाक्यले १८ र ज्ञानीशोभा महर्जनले ६० मत प्राप्त गरेका छन् ।

४० हजार ७६७ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि ११ जना प्रतिस्पर्धामा थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर