रबात,-उत्तरी मोरक्कोको सहर ताजा नजिकैको सडकमा मङ्गलबार बस पल्टिँदा ११ जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
घाइतेहरूलाई ताजाको अस्पतालमा उपचार भइरहेको छ । मोरक्कोमा सन् २०१९ मा सडक दुर्घटनामा परी तीन हजार तीन सय ८४ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।दुर्घटना बारे अनुसन्धान जारी छ ।
यो पनि:चिनियाँ राष्ट्रपति सीद्वारा इन्डोनेसियाका राष्ट्रपतिलाई भूकम्पको क्षतिप्रति दुःख व्यक्त-चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार इन्डोनेसियामा गएको विनाशकारी भूकम्पप्रति इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई शोक सन्देश पठाउनुभएको छ।
सन्देशमा सीले भूकम्पले ठूलो मानवीय र सम्पत्तिको क्षति भएको सुन्दा आफू दुःखी भएको बताए।उनले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै शोकसन्तप्त परिवार र घाइतेप्रति गहिरो समवेदना प्रकट गरेका छन्।विडोडो र इन्डोनेसियाली सरकारको नेतृत्वमा प्रभावित क्षेत्रका जनताले विपद्लाई जितेर आफ्नो घर पुनर्निर्माण गर्नेमा आफू विश्वस्त रहेको पनि सीले बताए।