निषेधाज्ञा खुकुलो भएसँगै फेरि बढ्न थाले कोरोना संक्रमित, फेरी यो के महामारीको संकेत हो ! — OSNepal

निषेधाज्ञा खुकुलो भएसँगै फेरि बढ्न थाले कोरोना संक्रमित, फेरी यो के महामारीको संकेत हो !

LC (KTM) June 30, 2021 0

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

११ हजार ५६८ जनामा परीक्षण गर्दा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । त्यस्तै सोही अबधीमा ३ हजार ५९७ जनाले कोरोना जितेका छन् ।

यो सँगै कोरोना जित्नेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । मृतकको संख्या ९ हजार ११२ पुगेको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ ९पीसीआर० र ३४ हजार ९४४ ९एन्टिजेन० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर