भक्तपुर, ५ मंसिर :
भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।
उता सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार २ सय ८७ मत प्राप्त अग्रता कायम गरेका छन् ।
नेपका एमालेका ताराकान्त चौधरी ६ सय ४५ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी २ सय २३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी १ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । जनमत पार्टीका सुकदेव साहले १ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाज पार्टीका बाल किशोर यादव १ सय १ मतका साथ तेस्रो स्थानमा छन् ।