झापा, ५ मंसिर :
झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् ।
अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।
उता प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।
हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् ।
एक हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।