माधव नेपालसहित ११ जनाको कारवाही फिर्ता — OSNepal

माधव नेपालसहित ११ जनाको कारवाही फिर्ता

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । नेकपा एमालेको आज बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई भंग गरी केन्द्रीय कमिटीमा रूपान्तरण गरेपछि कारवाहीमा परेका माधव नेपाल समुहका ११ जनाको कारवाही फिर्ता लिइएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आयोजक कमिटीलाई भंग गरी केन्द्रीय कमिटी रुपान्तरण गर्दै कारवाही फिर्ता गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका हुन् ।

केन्द्रीय कमिटीको पहिलो बैठक असार १८ गते आह्रान गरिएको पनि बालुवाटार स्रोतले जनाएको छ । नेपाल समुहको माग बमोजिम प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी ओलीले यस्तो निणर्य गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर