पहिरो हटाएपछि अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन — OSNepal

पहिरो हटाएपछि अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

LC (KTM) June 30, 2021 0

दमौली, १६ असार – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो ।

सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर