भुकम्प पीडितलाई रकम निकासा गरिदिए वापत घुस लिँदै गर्दा सव इञ्जिनियर पासवान रंगेहात पक्राउ — OSNepal

भुकम्प पीडितलाई रकम निकासा गरिदिए वापत घुस लिँदै गर्दा सव इञ्जिनियर पासवान रंगेहात पक्राउ

LC (KTM) June 30, 2021 0

ओखलढुंगा १६ असार । भुकम्प पीडितलाई रकम निकासा गरिदिए वापत घुस लिने सव इञ्जिनियर राजन पासवान रंगेहात पक्राउ परेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सिनपा १ तलुवामा खटिएका पासवानलाई घुस लिँदै गरेको विषेश सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

पासवानले भूकम्प पीडितलाई तेस्रो किस्ता रकम निकासा गरिदिने भन्दै सेवाग्राहीसँग अग्रिम ३० हजार रुपैयाँ रकम लिएका थिए । पक्राउ परेका पासवानमाथि थप अनुशन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर