फेरी पनि बिरामी भए बलिउड दिग्गज अभिनेता दिलीप कुमार, अस्पताल भर्ना — OSNepal

फेरी पनि बिरामी भए बलिउड दिग्गज अभिनेता दिलीप कुमार, अस्पताल भर्ना

LC (KTM) June 30, 2021 0

काठमाडौं-बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् ।अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिन्दुजा अस्पताल भर्ना गरिएको भारतिय मिडियाले जनाएका छन् । ९८ वर्षका दिलीपलाई फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरिएको बताइएको छ । अहिले उनको स्वास्थ अबस्था स्थिर रहेको बताइएको छ ।

केही अगाडि पनि दिलीपक कुमारलाई सास फेर्न समस्या भएको कारण हिन्दुजा अस्पतालमै भर्ना गरिएको थियो । सो समय उनको फोक्सोबाट ३५० मिली लिटर पानी निकालिएको थियो । स्वास्थमा सुधार भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर