हैदरावाद-हैदराबादको कस्तुरबा सरकारी कलेजको प्रयोगशालामा रासायनिक ग्यास चुहावट हुँदा २५ जना विद्यार्थीहरू बिरामी परेका छन् । उनीहरू एक्कासि चक्कर लागेर बेहोस भएको बताइएको छ । घाइते विद्यार्थीहरूलाई अस्पताल लगिएको र विद्यार्थी अहिले खतरामुक्त रहेको मेडिकल अधिकारीहरुले जनाएका छन् ।कुन ग्यास लिक भएको हो भन्ने पत्ता लगाउन फरेन्सिक टोली घटनास्थलमा पुगेको छ ।चुहावट कसरी भयो बन्ने बारे अनुसन्धान जारी छ।
जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिसमक्ष ‘गम्भीर चासो’ व्यक्त-जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बैंककमा भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री किशिदाले राष्ट्रपति सी समक्ष क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा “गम्भीर चासो“ व्यक्त गर्नु भएको छ । त्यहाँ उहाँहरू बीच पहिलो आमनेसामने वार्ता भएको हो । “मैले सेन्काकु टापुहरू सहित पूर्वी चीन सागरको अवस्था, चीनबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपणलगायतका सैन्य गतिविधिहरूमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छु र मैले ताइवान स्ट्रेटको शान्ति र स्थिरताको महत्त्वमा जोड दिएको छु,“ किशिदाले पत्रकारहरू माझ भन्नु भएको छ ।