इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी — OSNepal

इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

LC (KTM) November 16, 2022 0

बाली, ३० कात्तिक:इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

यो पनि ; युक्रेनमाथिको रुसी हमला बर्बरः बाइडेन:अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन् । पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनको भनाइ आएको हो ।

युक्रेनको सिमानानजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् ।

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर