अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा २२ वर्षीय सुरजको घटनास्थलमै ज्यान गयो — OSNepal

अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा २२ वर्षीय सुरजको घटनास्थलमै ज्यान गयो

LC (KTM) June 30, 2021 0

लहान, १६ असार- सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध-मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । “पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,” उहाँले भन्नुभयो, “त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।”उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न शुरु भएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर