काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र चनौटे बजार लगायतका स्थानमा गएको बाढी पहिरोका कारण विस्थापित बालबालिकाका लागि अभिनेत्री वर्षा सिवाकोटीले सहयोग अभियना थालेकी छन् । उक्त प्रकोपमा परी हजारौ मानिस प्रभावित भएका छन् भने कैयौं बालबालिकाको भविष्य समेत अन्योलमा परेको छ । उनीहरुको शैक्षिक सत्र समेत प्रभावित बनेको छ ।सौर्य दैनिकमा खबर छ। यसैमेसोमा अभिनेत्री वर्षाले सहयोग अभियान सुरु गरेकी हुन् । अहिलेसम्म २ लाख रुपैयाँ सहयोग रकम जुटिसकेको जनाउँदै उनले अध्ययनबाट विमुख भएका बालबालिकाको हितमा यो रकम सहयोग गर्ने बताइन् ।
उनले विभिन्न मानिसबाट प्राप्त सहयोगलाई पीडितसम्म पु¥याउन आफूले पहल गर्ने जनाइन् र उनले भनिन्, ‘धेरै बालबालिका कोभिड र प्राकृतिक बिपत्तिका कारण अध्ययनबाट विमुख छन् । उनीहरुको भविष्य सुनिश्चित बनाउन मैले केही योजना अगाडि बढाएकी हुँ ।’ अभिनेत्री वर्षाले विभिन्न मानिसबाट प्राप्त सहयोगलाई पारदर्शी रुपमा सही क्षेत्रमा लगानी गर्नु आफ्नो कर्तव्य भएको बताइन् ।